dailekha election dungesor resultsदैलेख, जेठ १ – दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमालेका लोकबहादुर डाँगी विजयी हुनुभएको छ ।
डाँगीले ४ सय ३८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्याम रानाले ४ सय २ र नेपाली कांग्रेसका युवराज तिमिल्सिनाले १ सय ६३ मत पाउनु भयो ।
विजयी हुने महिला सदस्य कमला केसीले ४ सय ५८, दलित महिला सदस्य प्रमिला सुनार ४ सय ५६, चन्द्रबहादुर थापा ३ सय ९६ र बखत पराजुली ४ सय ६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । यो वडामा खसेको कुल १ हजार ६७ मत मध्ये नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार मानबहादुर बिष्टले ४ सय ४७ र कांग्रेसका उम्मेद्वार नगेन्द्रबहादुर मल्लले १ सय ८६ मत पाउनुभएको छ ।
उपाध्यक्षमा एमालेकी कलावती न्यौपानेले ४ सय ४८ र कांग्रेसकी सीता ज्ञवालीले १ सय ९० मत पाउनु भएको छ । दैलेखका अरु १० वटा स्थानीय तहमा भने सोमबार बिहान मात्र मतगणना प्रक्रियाका विषयमा सर्वलीय बैठक बसाली सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।

No comments:
Post a Comment