Monday 15 May 2017

दैलेखमा काँग्रेसले खाता खोल्यो {डुंगेश्वर गाउँपालिकामा रुख}

दैलेख, जेठ २ । दैलेखका ११ वटा स्थानीय इकाई मध्ये अन्तिम नतिजा सार्वजनिक भएको पहिलो इकाईमा काँग्रेसले बाजी मारेको छ । डुंगेश्वर गाउँपालिकाबाट काँग्रेसका अध्यक्ष उम्मेदवार नगेन्द्र मल्ल र उपाध्यक्षका उम्मेदवार सिता ज्ञावली विजयी भएका हुन् । यस्तै ६ वटा वडा रहेको सो गाउँपालिकामा काँग्रेसले ४ वटा वडा पनि जितेको छ । एमालेले १ र २ जितेको छ भने ३,४,५ र ६ मा काँग्रेसले कब्जा जमाएको छ ।
काँग्रेसका मल्लले एमालेका मानबहादुर विष्टलाई ४७५ मत अन्तरले पराजित गरेका हुन् । मल्लले २८८७ मत पाएका छन् भने विष्टले २४६९ मत पाए । यस्तै ज्ञावलीले एमालेकी कलावती न्यौपानेलाई १०ले पछाडी पारेर विजयी भइन् । ज्ञावलीले २६२८ मत पाइन् भने न्यौपानेले २६१८ मत पाइन् ।
वडा नम्बर १ मा एमालेका लोगबहादुर डाँगी, २ मा एमालेकै राजु केसी, ३ मा काँग्रेसका उदयराम न्यौपाने, ४ मा काँग्रेसकै खगेन्द्रबहादुर थापा, ५ मा काँग्रेसकै टेकबहादर भण्डारी र ६ मा काँग्रेसकै बमबहादुर विसी वडा अध्यक्षमा विजयी भएका छन् ।

दैलेख, जेठ १ – दैलेखको डुङ्गेश्वर गाउँपालिकाको एमालेको विजयी थप जानकारी को लागि एहा click

dailekha election dungesor results
दैलेख,  जेठ १ – दैलेखको डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमालेका लोकबहादुर डाँगी विजयी हुनुभएको छ ।
डाँगीले ४ सय ३८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्याम रानाले ४ सय २ र नेपाली कांग्रेसका युवराज तिमिल्सिनाले १ सय ६३ मत पाउनु भयो ।
विजयी हुने महिला सदस्य कमला केसीले ४ सय ५८, दलित महिला सदस्य प्रमिला सुनार ४ सय ५६, चन्द्रबहादुर थापा ३ सय ९६ र बखत पराजुली ४ सय ६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिनुभयो । यो वडामा खसेको कुल १ हजार ६७ मत मध्ये नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेद्वार मानबहादुर बिष्टले ४ सय ४७ र कांग्रेसका उम्मेद्वार नगेन्द्रबहादुर मल्लले १ सय ८६ मत पाउनुभएको छ ।
उपाध्यक्षमा एमालेकी कलावती न्यौपानेले ४ सय ४८ र कांग्रेसकी सीता ज्ञवालीले १ सय ९० मत पाउनु भएको छ । दैलेखका अरु १० वटा स्थानीय तहमा भने सोमबार बिहान मात्र मतगणना प्रक्रियाका विषयमा सर्वलीय बैठक बसाली सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो ।